नयाँ ट्रायम्फ मोटरसाइकल मंगलबार विश्वव्यापी रूपमा लन्च हुने

नयाँ ट्रायम्फ मोटरसाइकल मंगलबार विश्वव्यापी रूपमा लन्च हुने

केन्द्रबिन्दु
0
Shares

ट्रायम्फ मोटरसाइकलले बजाज अटोको सहकार्यमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । 

ट्रायम्फ मोटरसाइकलले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उक्त मोटरसाइकल मंगलबार विश्वव्यापी रूपमा सार्वजनिक गर्ने जानकारी गराएको छ । लामो समयदेखि प्रतीक्षित यस मोटरसाइकल ३५० देखि ४०० सीसी इन्जिनमा ल्याउन सक्ने बताइएको छ । 

बेलायतको हिंकलेमा डिजाइन र विकास गरिएको यस नयाँ ट्रायम्फ रोडस्टर र स्क्रयाम्बलर जस्ता स्टाइलमा आउने सम्भावना छ । यसमा सिंगल एक्जस्ट, पछाडि बस्नका लागि रियर ग्र्याब ह्यान्डल, सिंगल पिस सिट र बार एन्ड मिरर उपलब्ध हुने बताइएको छ । 

कम्पनीका अनुसार नयाँ ट्रायम्फ बजाजको प्लान्टमा उत्पादन गरी विश्वभर निर्यात गरिनेछ । यसको मूल्य २ लाख ५ हजार देखि ३ लाख भारु बीच हुने अनुमान गरिएको छ ।  यो बाइक नेपालमा आउने तत्काल सम्भावना नभए पनि भारतमा भने जुलाई ५ मा लन्च गर्ने कम्पनीको तयारी छ । 

Skip This
Skip This
Logo