भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छः प्रधानमन्त्री

भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताएका हुन् । यो अभियान जराेसम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए ।

प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए । उक्त भेटमा अन्य विषयमा कुराकानी भएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo