धेरै दुःख गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छः अध्यक्ष नेपाल

धेरै दुःख गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छः अध्यक्ष नेपाल

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै दुःख गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौँ सम्पर्क कमिटीको ४१औं पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन् ।

उनले भने,‘अहिलेको पुस्ताले सबै यतिकै भएको सोचेका छन् । यतिकै भएको छैन धेरै रगत बगाउन परेको छ ,धेरै पसिना बगाउनु परेको छ , धेरै कष्ट भोग्नु परेको छ, धेरै चुनौतीको सामना गर्नुपरेको छ । नखाइनखाइकन ज्यान जोखिममा राखी राखिकन बल्ल नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ । प्रायः मान्छेलाई लाग्दछ कम्युनिष्ट पार्टीको भविष्य छैन ।’

यसैगरी उनले राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने बताए ।

Logo