आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । आज चार संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसद्ले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

जसमा संघीय संसद्ले बनाएको ऐनकानून कार्यान्वयनका चुनौतिका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसद्ले बनाएको ऐनकानून कार्यान्वयनका चुनौतिका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसद्ले बनाएको ऐनकानून कार्यान्वयनका चुनौतिका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ ।

यसैगरी आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बिहान साढे ११ मा बस्ने बैठकमा “नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’’ को सार्वजनिकीकरण र छलफल हुँदै छ ।

आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ । बैठक दिनको १ बजे बस्दै छ ।

Logo