विपत्का घटनाप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छः मन्त्री लेखी

विपत्का घटनाप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छः मन्त्री लेखी

केन्द्रबिन्दु
21
Shares

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपत्का घटनाप्रति जिम्मेवार रहेका निकायहरूको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमि देखिएको बताएका छन् ।

२७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरूको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन् ।

उनले प्रभावतफेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे । उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरे तापनि सहभागीहरूको कमि हुने गरेकामा निराशा व्यक्त गरे ।

गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरूलाई पनि राजनीतिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरूको समाचार सम्प्रेषणमा ध्यान दिन अनुरोध गरे ।
प्रभावतफेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

Logo