भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छः वर्षमान पुन

भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छः वर्षमान पुन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ ।

आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौति र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘भन्सार जाँचपास प्रतिनिधिका विषयमा सरकारले छलफल गरेर प्रष्ट पार्नुपर्ने छ । भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौति र विधेयक नपुगेको ठाउँमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । नयाँ साथीहरूले काम नपाउने, व्यावहारिक समस्या धेरै नै छन् ।’

यसैगरी उनले छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै ध्यानाकर्षण गराए । पुनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।

उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो। तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो । सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।’

यसैगरी उक्त समितिमा रास्वपाका सांसद स्वर्णिम वाग्लेले भन्सारमा धेरै विकृति र बेथिति रहेको बताए । उनले अरू देशको उत्पादनसँग मात्र जोडिएर नहुने बताए ।

उनले भने, ‘भन्सारमा यत्रो विकृति र बेथिति छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । उत्पादनका वस्तुहरू आइरहेका छन् । तर अरू देशको उत्पादनसँग मात्र जोडिएर हुने अवस्था छैन । नेपालमा प्रतिस्पर्धी कुराहरू धेरै नै साँघुरा छन् ।’

Skip This
Skip This
Logo