काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।
लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् । उनीहरू दुवैले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष भएको बताएका छन् ।
अब लामिछानेका तर्फबाट अधिवक्ता सुरज बस्नेतले बहस गर्नेछन् । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । यस प्रकरणमा बुधबार नै आदेश आउने सम्भावना छ ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।





























प्रतिक्रिया