काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कतै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।
संघीय संसद्अन्तर्गत शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरूले बजारमा भ्रम फैलाएको गुनासो गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘म दाबाका साथ भन्छु, दुनियाँका अगाडि उभिएर भन्न चाहन्छु । म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा, कुनै पनि ठाउँमा, कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याइयोस् ।’





























प्रतिक्रिया