सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छः प्रमुख सचेतक पाण्डे

सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छः प्रमुख सचेतक पाण्डे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भनेको कुरा ठिक छ । तर भुटानी शरणार्थी लगायत जति पनि काण्ड भइरहेको छन् । तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन् ? बोल्ने कुरा होइन । जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन । सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिरहेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ ।’

उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले संसदलाई मिनिमाइज गरेर संसदबाट सबैलाई लिएर हिँड्नभन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ ।

उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ ।त्यो बेठिक भएको छ । सरकार अहिले संसदलाई मिनिमाइज गर्ने संसदबाट सबैलाई लिएर हिँड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम खर्न खोजिरहेको छ । यो बेठिक भएको छ ।’

उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए ।

Skip This
Skip This
Logo