सहकारीका बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड

सहकारीका बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड

केन्द्रबिन्दु
18
Shares

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए ।

‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आज पार्टी केन्द्रीय कार्यालय आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताएका हुन् ।

बिपी. कोइरालाले २०१६ मा अवलम्बन गरेकाे आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, “सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।”

नेपाल सरकारका सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरुलाई जिम्मेवार दिने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको उनले बताए । “सञ्चालक र सदस्यहरूबीचको साझा बन्धन टुटाएर समस्या आएको हो, पीडक पक्ष हाबी भएर पीडित पक्ष ओझेलमा परे, स्वनियमन घट्दै गयो, राजनीतिको छाताभित्र रहेर नीतिगत व्यवस्थामा प्रभावित पारियो, गलत गर्ने सहकारीले गलत स्वीकार्न सकेनन् ।” उनले भने ।

Skip This
Skip This
Logo