काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा पाकिस्तानमाथि सानदार जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा न्यूजिल्यान्डले नौ विकेटको जित आत्मसाथ गरेको हो ।
पाकिस्तानले दिएको ९२ रनको झिनो लक्ष्य न्यूजिल्यान्डले १०.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको हो । न्यूजिल्यान्डका लागि टिम सेफर्टले सर्वाधिक ४४ रन बनाए भने फिन एलिनले २९ तथा टिम रोबिनसनले १८ रन जोडे।
बलिङतर्फ पाकिस्तानका अबरार अहमदले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.४ ओभरमा अलआउट हुँदै मात्र ९१ रन जोड्नसक्यो । खराब ब्याटिङ गरेको पाकिस्तानका लागि खुशदिल शाहले सर्वाधिक ३२ रन बनाउँदा कप्तान सलमान अली आगाले १८ र जहानदाद खानले १७ रन जोडे।
बलिङतर्फ न्यूजिल्यान्डका ज्याकोब डफीले ४ विकेट लिए । त्यसैगरी काइल जेमिनसनले ३ तथा इस सोदीले २ विकेट लिए ।































प्रतिक्रिया