काठमाडौं । भारतमा लामोसमयदेखि ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म ‘कृष ४’ को चर्चा चलिरहेको छ । यसअघिका तीन फिल्म निकै लोकप्रिय बन्दै फिल्मले बक्स अफिसमा पनि रेकर्ड तोडेको थियो ।
यस्तो अवस्थामा कृष ४ लाई लिएर दर्शकमा धेरै अपेक्षा रहेको भारतीय सञ्चालन माध्यमहरूले बताउँदै आएका छन् । यसलाई निर्माता टिमले बनाउने तयारी गरेतापनि ठूलो बजेट देखिँदा समस्या परेको बताइएको छ । बलिउडको पछिल्लो रिपोर्टअनुसार कृष ४ बनाउन करिब ७ सय करोड भारतीय रुपैयाँको आवश्यक रहेको छ ।
यति ठूलो बजेट देखिँदा जोखिम लिनु उपयुक्त नरहेको केही निर्माताहरूको तर्क छ। कुनै पनि स्टुडियोले यति ठूलो जोखिम लिन नचाहने पनि भारतीय सञ्चार माध्यमले बताएका छन् । अब बन्ने चलचित्र कृष ४ मा ठूलो बजेट देखिएका कारण ब्याक हुँदै आएको बताइएको छ ।
इन निर्देशक करण मल्होत्राले पनि यस प्रोजेक्टबाट आफूलाई टाढा राखेको बताएका छन् ।































प्रतिक्रिया