इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिएकाे दाबी

इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिएकाे दाबी

केन्द्रबिन्दु
45
Shares

गाजा । इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) ले जनाएको छ ।

समूहले उत्तरी गाजाको जबालिया क्षेत्रमा रहेको एक टेन्टमा भएको ‘हवाई’ आक्रमणमा मारिएका अब्दुल लतिफ अल–कानौको मृत्युप्रति दुःख व्यक्त गरेको छ । मार्च १८ मा इजरायलले गाजामा आफ्नो बमबारी अभियान पुनः सुरु गरेसँगै गाजामा हप्तौंको सापेक्षिक शान्ति कायम गरेको कमजोर युद्धविराम समाप्त भएको थियो।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ८५५ जनाको मृत्यु भइसकेको छ । कानौ हालै इजरायलको आक्रमणमा मारिएका हमासका पछिल्लो उच्च पदस्थ अधिकारी हुन् ।

इजरायली सेनाले गत साता हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख रसिद जाहजौहलाई हवाई आक्रमणमा मारिएको बताएको थियो ।

केही दिनअघि हमासले गाजा पट्टीमा आफ्नो सरकारका प्रमुख एसाम अल डालिस र गृह मन्त्रालयका प्रमुख महमुद अबु वात्फालाई आक्रमणमा मारिएका अधिकारीहरूको सूचीमा राखेको थियो।

इजरायली सेनाले सन् २०२१ को जुनमा गाजामा प्रशासनको प्रमुख बनेका हमासको राजनीतिक ब्यूरोका सदस्य डालिसको मृत्यु भएको पुष्टि गरेको छ ।

हमासले आफ्नो राजनीतिक ब्यूरोका सदस्य सालाह अल बर्दाविल र यासेर हर्बको मृत्यु भएको पनि पुष्टि गरेको छ । हमासले बिहीबार भनेको छ, “हमास आन्दोलनका नेता र प्रवक्तालाई निशाना बनाउने कार्यले हाम्रो इच्छालाई तोड्ने छैन ।” -एएफपी

Skip This
Skip This
Logo