किया ईभी३ बन्यो ‘वर्ल्ड कार अफ द इयर २०२५’, यस्ता छन् मुख्य आकर्षण

किया ईभी३ बन्यो ‘वर्ल्ड कार अफ द इयर २०२५’, यस्ता छन् मुख्य आकर्षण

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । कियाको नयाँ इलेक्ट्रिक एसयूभी ईभी३ ले २०२५ को प्रतिष्ठित’ वर्ल्ड कार अफ द इयर’ अवार्ड जितेको छ ।

न्युयोर्ककाे अन्तर्राष्ट्रिय अटो शोमा आयोजित भव्य विश्व कार पुरस्कार समारोहमा यो घोषणा गरिएकाे हाे । ईभी३ ले यो उपाधि जित्नका लागि कडा प्रतिस्पर्धा पार गरेको थियो। वर्ल्ड कार अफ द इयरको नियमअनुसार, विजेता सवारी साधनको वार्षिक उत्पादन कम्तिमा १० हजार युनिट हुनुपर्छ र यसको मूल्य लक्जरी कारभन्दा कम हुनुपर्छ। साथै, यो जनवरी १, २०२४ देखि मार्च ३०, २०२५ भित्र कम्तीमा दुई फरक महादेशका दुई प्रमुख बजारमा बिक्रीको लागि उपलब्ध हुनुपर्ने प्रावधान थियो।

ईभी३ को विजेता चयन ३० देशका ९६ जना अनुभवी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलले गरेको थियो। यो उपाधिसँगै कियाले सन् २०२० देखि हालसम्म जितेको विश्व कार अवार्डको संख्या ६ पुगेको छ, जसले कियाको विश्वव्यापी लोकप्रियता र उत्कृष्ट उत्पादन क्षमतालाई दर्शाएकाे कम्पनीकाे दाबी छ ।

किया ईभी३ मा कम्पनीको अर्को लोकप्रिय मोडल ईभी९ मा भएका धेरै विशेषताहरू समावेश गरिएको छ । यसको मुख्य आकर्षण भनेको एक पटकको पूर्ण चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिनु हो, जसले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा अगाडि राख्छ । साथै, यसमा फास्ट चार्जिङको सुविधा पनि छ, जसको मद्दतले यसलाई मात्र ३१ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

यति मात्र नभई, किया ईभी३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहायक, उन्नत ड्राइभिङ सहायता प्रणाली र ओभर-द-एयर अपडेट जस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध छन्, जसले प्रयोगकर्ता अनुभवलाई थप सहज र प्रविधिमैत्री बनाउने कम्पनीले जनाएकाे छ ।

Logo