युक्रेनलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण

युक्रेनलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण

केन्द्रबिन्दु
12
Shares

भिलनियस । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिएका छन् ।

शिखर सम्मेलन जुन २४ देखि २६ सम्म हेगमा हुने छ, जहाँ रुसद्वारा युक्रेनमा गरिएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन गरेको आह्वान मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।

“हामीलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । मलाई लाग्छ, यो महत्वपूर्ण कुरा हो,” राष्ट्रपति जेलेन्स्कीले सोमबार भिलनियसमा नेटोका महासचिव मार्क रुटेसँगको भेटपछि भने ।

राष्ट्रपति जेलेन्स्कीले केही दिनअघि चेतावनी दिँदै भनेका थिए,“यदि युक्रेन नेटो शिखर सम्मेलनमा उपस्थित हुँदैन भने, त्यो पुटिनका लागि विजय हुनेछ ।”

ट्रम्प प्रशासनको समयमा युक्रेनले प्राप्त गर्ने सैन्य सहयोगप्रति अनिश्चितता बढिरहेका बेला राष्ट्रपति जेलेन्स्की युरोपेली साझेदारहरूसँग समर्थन सुनिश्चित गर्न प्रयासरत हुन् । युक्रेनले रूससँग सम्भावित शान्ति सम्झौताका अवस्थामा सुरक्षा प्रत्याभूति चाहेको बताइएको छ, जुन प्रस्तावलाई मस्कोले ‘स्वीकार्य छैन’ भनेको छ । -एएफपी

Skip This
Skip This
Logo