राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका पुगेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका हुन् । "/>

प्रधानमन्त्री ओलीले कोस्टारिकामा पनि डाक्टरको उपाधी पाउने

प्रधानमन्त्री ओलीले कोस्टारिकामा पनि डाक्टरको उपाधी पाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका पुगेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका हुन् ।

कोस्टारिको सान जोस अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपराष्ट्रपति इप्सी क्याम्वेल बारले स्वागत गरेकी थिईन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन् ।

कोस्टारिकामा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सान जोसमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) मा प्रवचन दिने कार्यक्रम समेत रहेको छ । त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिनेछ।

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले सोमवार विश्वविद्यालयको रोर्डिगो काराजो क्याम्पसको भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ उनलाई नेपालमा प्रजातन्त्रको संस्थागत तथा शान्ति प्राप्त गर्न खेलेको भूमिकाका कारण मानार्थ विद्यावारिधिबाट सम्मान गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo