फिल्म वृत्तमा अहिले तीन यूवा अभिनेता अनमोल केसी, प्रदिप खड्का र पल शाहविच ठूलो प्रतिष्पर्धा छ । को ठूलो अभिनेता ? कसको स्टारडम बढी ?
उनीहरुलाई लिएर बजारमा यस्तै–यस्तै टिकाटिप्पणी भइरहेका बेला शहरमा यतिबेला नयाँ हिरोको आगमन भएको छ– धिरज मगर । कोरियोग्राफर रेनशा बान्तवा राईंको पहिलो निर्देशकीय फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । र, यही फिल्मबाट नयाँ चकलेटी हिरोका रुपमा उदाएका छन्, धिरज ।
फिल्मले हलमा पनि उत्साहजनक व्यापार गरेको खबर छ । पहिलो दिन (शुक्रवार) मात्रै देशभरबाट ७० लाख ग्रस कलेक्सन गरेको चर्चा छ । धिरज उत्साही छन् । बजारमा उनीबारे टिकाटिप्पणी पनि सुरु भइसकेको छ, ‘अनमोल, प्रदिप र पललाई टक्कर दिने नयाँ हिरो !’
त्यसो त धिरज अभिनयमा आउनुअघि नै युट्यबमा चलेका नाम हुन् । उनी ‘ड्याट ड्युड भ्लग्स’ नामको युट्युब च्यानल चलाउँछन् । पपुलर युट्युबरको उनको परिचय अहिले बदलिँदैछ, चकलेटी हिरोका रुपमा ।





























प्रतिक्रिया