चितवन । यौन दुव्र्यवहार गरेको आरोपमा एक १४ वर्षीय बालक पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-११ को पोखरीचोकका ति बालकले सोही स्थानकी ७ वर्षीया बालिकामाथि यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘होम ट्युसन’ पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए ।
त्यही बेला उनले यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालले जानकारी दिए । बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले बताए ।































प्रतिक्रिया