काठमाडौं
ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार सवारी दुर्घटनाका कारण तीन वर्षमा उपत्यका भित्र मात्रै पाँच सय १६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरमा सवार हुनेहरू छन् ।
तीन वर्षको तथ्यांक हेर्दा मोटरसाइकल र स्कुटरमा सवार हुने दुई सय ४८ जनाले ज्यान गुमाएका छन् । एक सय ९७ पैदलयात्रीले यो अवधिमा सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । त्यस्तै ट्रिपरमा सवार १५, साइकलमा सवार १५, बसमा सवार २२, माइक्रोका दुई, टेम्पोका चार र कारका १३ जनाको मृत्यु भएको छ ।
महाशाखा प्रमुख एसएसपी पन्तले भने, ‘ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै मोटरसाइकलमा सवार र पैदल यात्री देखिन्छ ।’ उनले अधिकांश दुर्घटनामा ट्रिपर र बस संलग्न भएको बताए । यसको मुख्य कारण लेन अनुशासनको पालना नहुनु देखिएको उनको भनाइ छ । ‘अब लेन अनुशासन पालना गराउन कडाइ गरिन्छ । दुर्घटनाको यो दरलाई घटाइनेछ,’ एसएसपी पन्तले भने । यो अवधिमा थुपै घाइते पनि भएका छन् । घाइते भएका ११ हजार सात सय १३ मध्ये ६ सय ७७ जना गम्भीर घाइते
भएका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया