काठमाडौं । लेम्फीले लन्डनमा बसोबास गर्ने आप्रवासीहरूका लागि बेलायतको क्लियरबैंकसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ सेवा सुरु गरेको छ । बेलायतमा पहिलोपटक यस्तो सेवा सुरु गरिएको जनाउँदै कम्पनीले यसबाट २० लाख बढी ग्राहकले मासिक बचतमा दैनिक ब्याज आर्जन गर्नसक्ने जनाएको छ ।
योसँगै बेलायतमा बसोबास गर्ने आप्रवासीले समेत लेम्फीको नयाँ सेवाबाट लाभ लिन सक्नेछन् । लाहुरे, विद्यार्थी र कामदारको रुपमा बेलायतमा बसोबास गर्ने नेपालीको संख्या उल्लेख्य छ । हालै लेम्फीले ईसेवा मनी ट्रान्सफरसँग मिलेर नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको छ ।
लेम्फीका अनुसार ग्राहकहरूले लेम्फी एपमै लगइन गरेर यो सुविधा प्राप्त गर्नेछन् र यसलाई कम्पनीले विश्वभरका आप्रवासी समुदायको लागि पूर्ण वित्तीय इकोसिस्टम निर्माण गर्ने उदेश्यको विस्तारमा महत्वपूर्ण कदम भएको जनाएको छ ।
लेम्फीको बचत योजना अन्तर्गत ग्राहकले ३.९२ प्रतिशत ब्याज पाउने छन् जुन औसत बैंकको भन्दा बढी हो ।
लेम्फी इन्स्ट्यान्ट एक्सेस सेभिङ्सको साथ, प्रयोगकर्ताहरूले पैसा ट्रान्सफर गर्न प्रयोग गर्ने एपको माध्यमबाटै आफ्नो पैसा बढाउन सक्नेछन् । लेम्फीको बचत योजना अन्तर्गत ग्राहकले ३.९२ प्रतिशत ब्याज पाउने छन् जुन औसत बैंकको भन्दा बढी हो । अरु वित्तीय संस्थाले औसतमा २.२७ प्रतिशत ब्याज प्रदान गर्दै आएका छन् । यो दर हाल बैंक अफ इङ्गल्याण्डको आधारमा तय गरिएको हो । समयअनुसार ब्याजदर परिवर्तनमा कटिबद्द लेम्फीलाई लचक र प्रतिफल खोज्ने ग्राहकहरूको लागि अत्यधिक प्रतिस्पर्धी रहने विश्वास दिलाएको छ ।

बेलायतको अर्थतन्त्र र विश्वव्यापी वित्तीय प्रवाहमा आप्रवासीहरूको भूमिका महत्त्वपूर्ण रहेको छ । २०२३ मा, बेलायतका आप्रवासीहरूले परिवार र साथीभाइलाई ९.३ बिलियन पाउण्डभन्दा बढी रेमिट्यान्स पठाए । यसको बावजुद, धेरैले आफ्नो वित्तीय व्यवहार र सीमापार आवश्यकताहरूसँग मिल्ने सुविधाजनक, र विश्वसनीय माध्यम नभेटेको गुनासो गरे ।
आप्रवासीहरूले क्रेडिट र बैंकिङ सेवा प्रयोग गर्दा व्यापक समस्याहरूको सामना गर्छन् । बेलायतमा लगभग ५० लाख व्यक्ति क्रेडिटको सुविधा लिनबाट वन्चित रहेको अनुमान छ, जसमा उदयमान देशहरूका आप्रवासीहरू छन्।
फराकिलो वित्तीय भविष्यतर्फ कदम
लेम्फीको बचतमा विस्तार आप्रवासीहरूको आवश्यकता अनुरूप वित्तीय उत्पादनहरूको पूर्ण सेवा प्रदान गर्ने रोडम्यापको एक हिस्सा हो। यसमा लेम्फी क्रेडिट समावेश छ, जुन परम्परागत रूपमा क्रेडिटमा पहुँच गर्न र निर्माण गर्न संघर्ष गरिरहेका आप्रवासीहरूलाई लचिलो भुक्तानीबाट लाभ उठाउँदै त्यसो गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।
प्रयोगकर्ताहरूले ट्रान्सफर गर्न प्रयोग गर्ने एपको माध्यमबाटै आफ्नो पैसा बढाउन सक्नेछन् ।
लेम्फीको प्लेटफर्मले अन्तर्राष्ट्रिय क्रेडिट इतिहास पहिचान गरेर र वैकल्पिक क्रेडिट मूल्याङ्कन विधिहरू प्रयोग गरेर सेवा दिने काम गर्छ । साथै, यसको वैकल्पिक क्रेडिट स्कोरिङ टेक्नोलोजीले ‘सेण्ड नाउ पे लेटर’लाई बढावा दिन्छ, जसले आफ्ना ग्राहकहरूलाई आवश्यक पर्दा आफ्ना प्रियजनहरूलाई पैसा पठाउन र क्रेडिट लिन अनुमति दिन्छ।

अगस्ट २०२५ मा सुरु भएयता ७,००० भन्दा बढी ग्राहकहरूले यसको सेवा लिइसकेका छन् ।
लेम्फीको प्लेटफर्मले अन्तर्राष्ट्रिय क्रेडिट इतिहास पहिचान गरेर र वैकल्पिक क्रेडिट मूल्याङ्कन विधिहरू प्रयोग गरेर सेवा दिने काम गर्छ ।
लेम्फीका सह-संस्थापक र सीएफओ रियान कोचरानले भने, “हाम्रा धेरै प्रयोगकर्ताहरूले पहिले नै बचत गर्ने बानी प्रदर्शन गरिसकेका छन् । उनीहरूलाई नयाँ देशमा आत्मविश्वास र सुरक्षित रूपमा यो गर्नलाई विश्वसनीय माध्यम चाहिन्छ । लेम्फीमा बचत इम्बेड गरेर, हामी हाम्रा ग्राहकहरूलाई परिवार र साथीहरूलाई पैसा पठाउन मात्र होइन, उनीहरूको नयाँ ठाउँहरूमा स्थिरता निर्माण गर्न पनि मद्दत गरिरहेका छौं।”
क्लियरबैंकका प्रमुख ग्राहक अधिकारी जोन साल्टरले भने, “बैंकिङ सबैको लागि पहुँचयोग्य हुनुपर्छ। त्यो विश्वासले वित्तीय सेवाहरू खोल्ने र समावेशीकरणलाई बढावा दिने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ। लेम्फीसँग एम्बेडेड बचत खाताको परिचयले हाम्रो साझेदारीमा एक रोमाञ्चक नयाँ अध्यायको सुरुवात भएको छ । क्लियर बैंकको सुरक्षित पूर्वाधारलाई लेम्फीका ग्राहकको आवश्यकता अनुरुप संयोजन गरेर, हामी पहुँचयोग्य, पारदर्शी र दैनिक प्रयोगको लागि निर्मित वित्तीय समाधानहरू प्रदान गर्दैछौं, जसले गर्दा धेरै मानिसहरूलाई वित्तीय प्रणालीमा पूर्ण रूपमा भाग लिन सक्षम बनाइन्छ।”





























प्रतिक्रिया