दुर्गा प्रसाईंलाई रिहा गर्न अल्टिमेटम दिँदै पञ्जिकरण विभागको वेबसाइट ह्याक

दुर्गा प्रसाईंलाई रिहा गर्न अल्टिमेटम दिँदै पञ्जिकरण विभागको वेबसाइट ह्याक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

गएराति पक्राउ परेका नागरिक बचाउ महाअभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिँदै साइट ह्याक गरिएको हो ।

योसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सम्पूर्ण सेवाहरू ठप्प छन् । ह्याकरले वेबसाइटमा ‘नेपाली फर नेपाल’बाट ह्याकर भएको जनाउ दिएको छ । यद्यपी अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको विभागले जनाएको छ ।

Logo