तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ मंसिर ७ देखि १३ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

याे साता परिस्थितिहरू स्थिर नदेखिए पनि सुरुवात अत्यन्त शुभ रहनेछ। केही कामहरू योजना अनुसार सहजै अघि बढ्नेछन् भने केही क्षेत्रमा अचानक परिवर्तनले मनोवैज्ञानिक उतार–चढाव अनुभव हुन सक्छ। हप्ताको बीचतिर केही चुनौती आउन सक्छन् तर समग्रमा तपाईंको परिश्रमको उचित मूल्यांकन हुने समय भएकाले परिणाम सकारात्मक रहनेछ।

कार्यक्षेत्रमा तपाईंले प्रदर्शन गरेको नेतृत्वशैली, जिम्मेवारी वहन गर्ने क्षमता र समर्पणले वरिष्ठ तथा सहकर्मी दुवै प्रभावित हुने सम्भावना छ। महत्वपूर्ण जिम्मेवारी, नयाँ प्रोजेक्ट वा पदोन्नतिसम्बन्धी संकेत बलियो देखिन्छन्। मनपर्ने स्थानान्तरण अथवा करियरमा नयाँ अवसर पाउन पनि यो समय अनुकूल रहन सक्छ। व्यवसाय गर्ने जातकका लागि हप्ता फलदायी रहनेछ। पुराना लगानीबाट आशाजनक फाइदा प्राप्त हुन सक्छ, कारोबार विस्तार गर्न अनुकूल वातावरण बन्न सक्छ, र साझेदारीमा रहेका विवाद वा मनमुटाव हटेर सहकार्य बलियो बन्दै जाने छ। हप्ताको बीचतिर कतै रोकिएको वा फसेको रकम अप्रत्याशित रूपमा प्राप्त हुनाले आर्थिक अवस्था थप मजबुत बन्नेछ।

आर्थिक दृष्टिले यो हप्ता अत्यन्त शुभ छ। उधारो दिएको रकम फिर्ता आउने सम्भावना बलियो छ। परिवारको सुख–सुविधामा खर्च बढ्न सक्छ तर खर्च गरिएका वस्तुहरू घरपरिवारको आवश्यकतामा काम लाग्ने प्रकारका हुनेछन्। इष्टमित्र वा शुभचिन्तकको सहयोगबाट नयाँ आयस्रोत खुल्ने संकेत पनि देखिन्छ।

उच्च शिक्षा, विदेशी अध्ययन वा विदेशमा करियर बनाउने सोच राख्नु भएका व्यक्तिहरूका लागि यहि हप्ता शुभसूचना प्राप्त हुने समय हो। लामो समयदेखि रोकिएको काम अघि बढ्नेछ र विद्यार्थी तथा युवा वर्गको प्रयास सफलतामा परिणत हुनेछ।

परिवारिक वातावरण सहज र सुखद रहनेछ। अभिभावक वा परिवारका ज्येष्ठ सदस्यबाट समर्थन तथा माया प्राप्त हुनेछ। दाम्पत्य जीवनमा मधुरता र समझदारी बढ्नेछ। प्रेमसम्बन्ध भएका जातकले सम्बन्धमा सकारात्मक परिवर्तन अनुभव गर्न सक्छन् र केहीले भविष्यको महत्वपूर्ण निर्णयतिर पनि अग्रसर हुन सक्छन्।

उपाय- यस हप्तामा मंगलबारको दिन “सुन्दरकाण्ड” र हनुमान चालिसाको पाठ गर्नु शुभ मानिन्छ। यसले भाग्य बलियो बनाई बीचमा आउने अवरोधहरू हटाउने शक्ति प्रदान गर्छ।

वृष राशि

वृष राशिका जातकहरूका लागि यो हप्ता अत्यन्तै शुभ र भाग्यवर्द्धक रहनेछ । जुन काममा हात हाल्नुहुन्छ, त्यही क्षेत्रमा सफलता, सम्मान र धनलाभको योग प्रबल देखिन्छ । करियर र व्यवसाय दुवै क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, स्थिरता र कार्यशैलीले विरोधीहरू समेत प्रभावित हुनेछन् र तपाईंको प्रशंसा बढ्नेछ । हप्ताको सुरुवातमा आकस्मिक रूपमा लामो वा छोटो दुरीको यात्रा हुनसक्छ, र यो यात्रा सुखद हुने मात्र होइन, कुनै महत्वपूर्ण काममा सफलता दिलाउने संकेत पनि छ ।

व्यवसाय गर्ने जातकका लागि बजारको चलायमान अवस्थाबाट राम्रो लाभ उठाउन सकिने समय आएको छ । कारोबार विस्तार, नयाँ काम सुरु गर्ने योजना वा ठूलो निर्णय लिन अनुकूल अवस्था बनिरहेको छ। तपाईंले बनाएको योजना सफल बनाउन साथी–मित्रहरूको साथ, सहयोग र मार्गदर्शन अत्यन्त उपयोगी रहनेछ । लगानी र व्यापारिक निर्णयहरू लाभदायी हुने सम्भावना बलियो देखिन्छ।

यस हप्तामा वृषभ जातकको परिश्रम, धैर्य र दृढताको फल स्पष्ट रूपमा देखिनेछ। बेरोजगारहरूका लागि मनपर्ने रोजगारी प्राप्त हुन सक्छ, र रोजगारीमा रहेका जातकले आफ्नो लक्ष्य सजिलै पुरा गर्न सक्नेछन्।

हाकिम्हरु तपाईंको कामबाट सन्तुष्ट रहनेछन् र नयाँ अवसरहरू प्राप्त हुने सम्भावना पनि बलियो छ। व्यवसायमा मनचाहेको लाभ, आयात–निर्यात वा बाहिरी काम–व्यापारमा वृद्धि, तथा व्यापारिक यात्राबाट लाभ हुने संकेत छ। स्वास्थ सामान्य रूपमा ठीक रहनेछ।

हप्ताको अन्त्यतिर प्रिय व्यक्ति वा आफन्तको आगमनले घरमा खुशी र उमंग थपिनेछ। परिवारसँग बिताइएको समय मनमोहक र सम्झनायोग्य हुनेछ। प्रेमसम्बन्धमा मिठास बढ्नेछ र जीवनसाथीको साथ, समर्थन र उत्साहले मन हल्का र प्रसन्न रहनेछ।

उपाय- श्री महालक्ष्मी अष्टकम स्तोत्रको पाठ गर्नु अत्यन्त लाभदायी रहनेछ।

मिथुन राशि

यो हप्ता कुनै पनि कामलाई अत्यन्त सावधानी, सूझबूझ र धैर्यपूर्वक अघि बढाउनुपर्ने समय रहनेछ । भावनामा बगेर, अरूको प्रभावमा परेर वा कसैको बहकावामा आएर निर्णय लिँदा पछि ठूलो पश्चाताप हुनसक्छ, त्यसैले हरेक कदम सोचविचारसहित लिनु आवश्यक हुनेछ । बिद्यार्थी वर्गले उच्च शिक्षाको तयारी वा कागजी प्रक्रियामा अवरोध देखिन सक्छ । यो समयमा गलत संगतबाट टाढा रही आफ्ना लक्ष्यमा केन्द्रित रहनु अत्यन्त जरूरी हुनेछ ।

व्यवसाय गर्ने जातकले यस हप्तामा जोखिमयुक्त लगानी वा अनावश्यक आर्थिक जोखिमबाट जोगिनुपर्छ, अन्यथा घाटा भोग्नुपर्ने स्थिति बन्न सक्छ। कारोबारमा धनको लेनदेन गर्दा गम्भीर सावधानी अपनाउनुपर्छ, विशेषगरी उधार दिने वा कसैलाई विश्वास गरेर ठूलो रकम हातमा दिने कामबाट जोगिनुपर्छ । हप्ताको उत्तरार्धतिर करियर वा व्यापारिक कारणले अचानक लामो दूरीको यात्रा हुनसक्छ ।

आर्थिक निर्णयमा हतार नगर्नु उपयुक्त हुनेछ। कुनै नयाँ योजना, लगानी, साझेदारी वा जागिर परिवर्तन सम्बन्धी कुरा सोचिरहनुभएको छ भने विश्वासिला व्यक्तिहरू—जस्तै इष्टमित्र, परामर्शदाता वा वरिष्ठहरूको सल्लाह लिनु धेरै फाइदाजनक हुनेछ। मनले चाहेकाे नतिजा हासिल गर्न आलस्य त्यागी दृढ परिश्रम गर्नुपर्ने समय हो।

प्रेम–प्रसंगमा सामान्य मतभेदको आशंका छ, तर उचित संवाद र धैर्यले सम्बन्धमा आएको दूरी घटाउन सकिन्छ। नजिकपन, विश्वास र बुझाइलाई प्राथमिकता दिए सम्बन्धलाई पुनः सहज बनाउन सकिन्छ।

उपाय- प्रतिदिन ‘गणेश स्तोत्र’ को पाठ गर्नु लाभदायी मानिन्छ। यसले मानसिक स्पष्टता, निर्णयक्षमता र बाधा निवारणमा सहायता पुर्‍याउँछ।

कर्कट राशी

यो हप्ता अत्यन्तै शुभ र परिणाममूलक रहनेछ । हप्ताको सुरुवात नै कुनै शुभ समाचार प्राप्त हुने योगले हुनेछ, जसले मनमा उत्साह, ऊर्जा र आशावाद बढाउनेछ। लामो समयदेखि रोकिएको वा ढिलाइ भइरहेको कामहरू सहजै पूरा हुनेछन्, र तपाईंले गरेको योजना समयमै सफल हुँदै गएको देख्नु हुनेछ । हप्ताको पूर्वार्ध विशेषगरी सन्तान पक्षका चिन्ता वा तनाव हट्ने समय बनेर आउनेछ। कुनै ठूलो समस्या समाधान भई परिवारमा रहेको बोझ हल्का अनुभव हुनेछ। यस अवधिमा तपाईं धार्मिक वा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ, जसले मानसिक शान्ति र आन्तरिक शक्ति प्रदान गर्नेछ।

करियर र कारोबारका हिसाबले यो हप्ता अत्यन्तै अनुकूल देखिन्छ। प्रभावशाली व्यक्ति, वरिष्ठ अधिकारी वा परिचितबाट महत्वपूर्ण मार्गदर्शन वा सहयोग प्राप्त हुनसक्छ, जसले लाभ दिलाउने योजनामा तपाईंलाई जोडिने मौका दिनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव, प्रतिष्ठा र पकड मजबुत हुँदै जानेछ ।

हप्ताको मध्यतिर अदालत वा कागजी प्रक्रिया, कानुनी विषय वा विवादमा परिरहनुभएको छ भने आपसी सहमतिमा समस्या समाधान हुने सम्भावना प्रबल छ, जसले लामो समयदेखि चलिरहेको मानसिक तनाव घटाउनेछ।

विद्यार्थी तथा शोध–अभ्यासमा जुटेका जातकका लागि यो हप्ता अध्ययन–अभ्यासमा प्रगति हुने, ध्यान केन्द्रित हुने र मनोनुकूल नतिजा प्राप्त हुने समय हो। हप्ताको उत्तरार्ध व्यवसायिक दृष्टिले निकै लाभदायक देखिन्छ। आयका स्रोतहरू सक्रिय हुनेछन्, तर आयसँगै खर्च पनि समान रूपमा बढ्ने संकेत छ । यदि तपाईंले लामो समयदेखि घर–जग्गा, भवन वा सवारीसाधन खरिद गर्ने योजना बनाइरहनुभएको थियो भने यस हप्तामा त्यो मनोकामना पूरा हुनसक्छ।

निजी सम्बन्धका क्षेत्रमा पनि यो हप्ता सकारात्मक ऊर्जा बोकेर आएको छ। परिवारका सदस्यहरूबीच सद्भाव, माया र सहयोग बढ्नेछ। तपाईं आफैले सम्बन्ध सुधारतर्फ पहल गर्ने र नजिकका मानिसबाट उत्तिकै साथ–समर्थन प्राप्त गर्ने संकेत छ। प्रेम सम्बन्धमा उत्तम तालमेल, समझदारी र मिठास देखिनेछ। प्रेमी–प्रेमिकाबीचको ट्युनिङ मजबुत हुनेछ। अविवाहित कर्कट जातकहरूको विवाहका कुरा अघि बढ्ने वा प्रस्ताव पक्का हुने सम्भावना पनि बलियो छ।

उपाय- हरेक दिन शिव चालिसा पाठ गर्नु लाभदायी हुनेछ।

सिंह राशि

यो हप्ता निकै शुभ र उत्साहजनक रहनेछ । तपाईंले गरेका धेरै प्रयासहरू सफलतामा बदलिन सक्छन्। परिवार, काम र व्यक्तिगत जीवन सबै क्षेत्रमा सकारात्मकता फैलिएको अनुभूति हुनेछ। हप्ताको सुरुवातमै कुनै खुसीको खबर सुन्न मिल्ने सम्भावना छ।

यदि तपाईं सरकारी वा निजी क्षेत्रमा काम गर्नुहुन्छ भने, मनपरेको ठाउँमा सरुवा हुने, नयाँ जिम्मेवारी पाउने वा पदोन्नति हुने शुभ संकेत देखिन्छन्। नयाँ जागिर खोजिरहनुभएको छ भने पनि राम्रो प्रस्ताव आउने योग बन्नेछ।

व्यवसाय गर्नेहरूका लागि पनि यो समय निकै लाभदायी छ। पहिले गरेको लगानी अहिले फाइदामा परिणत हुनेछ। रोकिएको वा अड्किएको पैसा फिर्ता आउने सम्भावना बलियो छ। नयाँ योजना बनाउने, साझेदारी विस्तार गर्ने वा व्यापार बढाउने सोच छ भने यो हप्ता तपाईंका लागि अत्यन्त अनुकूल रहनेछ। ग्राहकको साथ र भरोसा पनि बड्दै जानेछ।

विद्यार्थीहरूका लागि यो हप्ता पढाइमा उर्जा र एकाग्रता बढ्ने समय हो। परीक्षा वा प्रतियोगितामा मनपरिने नतिजा हात पर्न सक्छ। पढेको कुरा राम्ररी दिमागमा बस्ने भएकाले तयारी पनि सहज हुनेछ।

प्रेम जीवनमा पनि खुसी र रोमाञ्च जोडिनेछ। यदि तपाईं सिंगल हुनुहुन्छ भने मन पराएको व्यक्तिसँग नजिकिने राम्रो अवसर मिल्नेछ। दम्पतीका लागि पनि यो समय सुखद रहनेछ। एकअर्कासँगको सम्बन्धमा मिठास बढ्नेछ, सानो–ठुलो कुरा मिलेर साझा रूपमा निर्णय लिन सकिनेछ।

कुल मिलाएर, यो हप्ता सिंह राशीका लागि उपलब्धि, सम्मान, आर्थिक प्रगति र सम्बन्धमा सामञ्जस्यको समय हो। आत्मविश्वास बढ्नेछ र भविष्यका योजनाबारे सकारात्मक सोच पैदा हुनेछ।

उपाय- हरेक दिन भगवान लक्ष्मी–नारायणलाई अष्टगन्धको तिलक लगाएर उनका मन्त्रहरूको जप गर्नु शुभ मानिन्छ।

कन्या राशि

यो हप्ता अत्यन्त शुभ र मन प्रसन्न बनाउने रहनेछ । हप्ताको सुरुवात नै परिवार, इष्टमित्र वा प्रियजनसँग रमाइलो गर्दै बित्नेछ। कसै–कसैका लागि यो समय यात्रा योग लिएर आउनेछ—धार्मिक स्थल, प्राकृतिक स्थान वा हल्का घुमफिरको योजना बन्न सक्छ। यात्रा सुखद रहने मात्र होइन, नयाँ मानिसहरूसँग चिनजान बढ्दै सम्बन्ध विस्तार हुने सम्भावना पनि बलियो छ।

विदेशसँग सम्बन्धित व्यापार, आयात–निर्यात वा अफिसीयल काम गर्नेहरूका लागि यो हप्ता विशेष लाभप्रद छ। लामो समयदेखि कुरिरहनुभएको कुनै ठूला डिल वा सम्झौता पूरा हुने योग छ, जसले आर्थिक रुपमा ठूलो राहत र खुशी प्रदान गर्नेछ। धन–सम्पत्ति सम्बन्धी कामहरू पनि सहजै अगाडि बढ्नेछन्। जग्गा–जमिन, घर–भवन, सवारीसाधन जस्ता वस्तु किन्ने सोच थियो भने त्यो मनोकामना यसै हप्तामा पूरा हुन सक्छ। पैतृक सम्पत्तिमा पनि फाइदा वा समाधान देखिन्छ।

यो हप्ता पारिवारिक सहयोग विशेष रूपले प्राप्त हुनेछ, विशेष गरी आमाको माया, आशीर्वाद र समर्थनले मनमा शान्ति र ऊर्जा आउनेछ। प्रेम जीवन पनि निकै मीठो रहनेछ। लभ पार्टनरसँग नजिकियता बढ्नेछ र एकअर्कासँग बिताएको समय स्मरणीय बन्नेछ। हप्ताको अन्त्यतिर सन्तानको कुनै उपलब्धिले गर्व र खुशीको माहोल सिर्जना गर्नेछ।

यद्यपि केही सतर्कता अपनाउनुपर्ने समय पनि छ। हप्ताको सुरुवातमा स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस्, पारिवारिक मुद्दाहरू बाहिरका मानिससँग छलफल नगर्नु बुद्धिमानी हुनेछ।

समग्रमा, यो हप्ता कन्या राशीका लागि प्रगति, शुभ समाचार, पारिवारिक सौहार्द, प्रेममा मजबुती र आर्थिक सुधारको समय हो। विवेक, धैर्य, र सकारात्मकरूपले अघि बढ्न सके उत्कृष्ट नतिजा हात पर्न सक्छ।

उपाय- प्रत्येक दिन भगवान श्रीगणेशलाई दूर्वा अर्पण गरेर गणेश चालीसाको पाठ गर्नु शुभ हुनेछ।

तुला राशि

यो हप्ता भाग्य साथ दिने अत्यन्त शुभ समय भएर आएको छ । हप्ताको सुरुवातमै करियर र व्यवसायमा मनचाहा अवसर भेटिनेछ । लामो समयदेखि रोजगारी वा नयाँ कामको खोजीमा रहेका व्यक्तिलाई उत्कृष्ट समाचार प्राप्त हुनेछ । कुनै ठूलो प्रोजेक्ट, नयाँ जिम्मेवारी वा महत्त्वपूर्ण काममा सहभागी हुने अवसर मिल्नेछ। व्यवसाय गर्दै आएका जातकका लागि पनि हप्ता विशेष लाभदायी हुनेछ, तर हतार, शॉर्टकट वा अधुरो कागजी प्रक्रिया अपनाउँदा समस्या आउन सक्ने भएकाले तपाईंले सबै काम विधिवत् र समयमै पूरा गर्नुपर्नेछ।

हप्ताको बीचबाट मनमा धार्मिक, आध्यात्मिक र सामाजिक भावनाहरू बलियो हुनेछन् । परिवार वा समाजमा कुनै शुभकार्य, पूजा–पाठ वा समारोहमा सहभागी भइसकेर मनमा सकारात्मक ऊर्जा प्रवाह हुनेछ। प्रतिस्पर्धात्मक परीक्षाका तयारीमा जुटेकाहरूका लागि पनि यो समय आशाप्रद रहनेछ। विदेशमा पढाइ, करियर वा बसाइँसराइको प्रयास गरिरहेकाहरूका लागि हप्ताले राम्रो परिणाम दिन सक्छ।

परिवारसँग बिताउने समय बढ्नेछ, पारिवारिक सद्भाव मजबुत हुनेछ, र कुनै लामो दूरी वा छोटो दूरीको यात्रा जीवनसाथीसँग गर्ने योग पनि मिल्न सक्छ। प्रेम सम्बन्ध स्थिर हुँदै विवाहको दिशामा अघि बढ्ने सम्भावना पनि बलियो छ।

करियरको दृष्टिले भाग्य खुल्ने समय छ। रोकिएका कामहरू तीव्र गतिमा अघि बढ्नेछन्। नयाँ जोश, ऊर्जा र प्रेरणा मिलेर तपाईँले महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने देखिन्छ। जागिरेहरूका लागि हप्ताको मध्यभागसम्ममा नयाँ प्रोजेक्ट, अतिरिक्त जिम्मेवारी वा उन्नतिको अवसर प्राप्त हुने प्रबल योग छ।

व्यापारमा संलग्न तुला राशीका जातकका लागि यो हप्ता आर्थिक रूपमा अत्यन्तै शक्तिशाली रहनेछ। व्यापारमा राम्रो लाभ हुनेछ, नयाँ अवसर खुल्नेछ, नयाँ सम्पर्कबाट फाइदा हुनेछ। जग्गा–जमिन, घर–भवन, वा सवारीसाधन किनबेच वा खरिदका लागि अत्यन्त शुभ समय छ। पैतृक सम्पत्तिमा अड्किँदै आएका व्यवधान हट्नेछन्। नयाँ लगानी, नयाँ काम सुरु गर्ने वा व्यापार विस्तार गर्ने सोचलाई समयले राम्रो साथ दिनेछ।

समग्रमा, यो हप्ता तुला राशीका लागि सफलतापूर्ण, शुभ समाचारले भरिएको, प्रेम र पारिवारिक जीवनमा मधुरता ल्याउने, अनि आर्थिक–व्यावसायिक प्रगति दिने बडेबाबु समय हो।

उपाय- हरेक दिन भगवती दुर्गाको पूजा गर्दै दुर्गा चालीसाको पाठ गर्नु शुभ रहनेछ।

वृश्चिक राशि

यो हप्ता केही चुनौतीपूर्ण र व्यस्त रहनेछ । हप्ताको सुरुवातमा घर–परिवारसँग सम्बन्धित कुनै समस्या समाधान गर्न तपाईंले बढी प्रयास र सक्रियता देखाउनुपर्नेछ। यस क्रममा जग्गा–जमिन वा घर–भवन सम्बन्धी विवादले तपाईंको मनमा चिन्ता उत्पन्न गर्न सक्छ।

यदि तपाईं जागिरे वा कार्यालयमा काम गर्दै हुनुहुन्छ भने सहकर्मी वा प्रतिद्वन्द्वीबाट सतर्क रहनु आवश्यक हुनेछ, किनभने उनीहरूले तपाईंको काममा बाधा पुर्‍याउने वा प्रतिष्ठामा असर पार्ने प्रयास गर्न सक्छन्।

हप्ताको बीचमा घरेलु समस्याका कारण कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ। आत्मीय व्यक्तिहरूबाट अपेक्षित सहयोग नपाएमा तपाईंको मन केही खिन्न हुनेछ। समग्रमा, यो समय संघर्ष र चुनौतीपूर्ण परिस्थितिसँग सामना गर्नुपर्ने हुनसक्छ।

सप्ताहको उत्तरार्धमा तपाईं करियर वा व्यवसायमा केही महत्वपूर्ण प्रयास गर्ने अवसर पाउनुहुनेछ । प्रयास गर्ने क्रममा सफलताको सम्भावना प्रबल देखिन्छ, तर कुनै पनि योजना वा लगानी अघि बढाउनु अघि अनुभवी वा शुभचिन्तक व्यक्तिको सल्लाह लिनु लाभदायी हुनेछ। प्रेम सम्बन्धमा केही अवरोध आउन सक्छ, जसले लभ पार्टनरसँगको मेलमिलापमा कठिनाइ उत्पन्न गर्न सक्छ।

यस हप्तामा तपाईंको आत्मविश्वास र साहस बढ्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण परियोजनाहरूको सामना गर्नुपर्ने भए पनि सफलता सम्भव छ। आर्थिक पक्ष बलियो रहनेछ, विशेष गरी लगानी र व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त निद्रा र मानसिक शान्तिको ख्याल राख्नुहोस्। परिवार र प्रेम जीवनमा सहयोग, समझदारी र सकारात्मक वातावरण कायम रहनु लाभदायी हुनेछ। नयाँ अवसरहरू खोज्न र नयाँ अनुभवहरू सिक्न यो समय अनुकूल छ।

उपाय- हरेक दिन हनुमानजीको पूजा गर्दै बजरंग बाणको पाठ गर्नु शुभ हुनेछ।

धनु राशि

धनु राशिका जातकहरूले यो हप्ता आफ्नो सोचेजस्तो काम पूरा गर्न धेरै मेहनत र प्रयास गर्नु पर्नेछ । हप्ताको सुरुवातदेखि नै तपाईंको कार्यक्षेत्र व्यस्त रहनेछ। यस्तो अवस्थामा समयको व्यवस्थापन गर्दै योजनाबद्ध तरिकाले काम गर्नु उपयुक्त हुनेछ। यस हप्तामा कहिलेकाहीँ आलस्य र थकान महसुस भए पनि कामको अतिरिक्त बोझले तपाईंलाई दबाबमा राख्न सक्छ।

हप्ताको बीचमा परिस्थितिहरू अनुकूल नहुने र स्वास्थ्य कमजोर हुने सम्भावनाले तपाईंको मन खिन्न बनाउन सक्छ। यस समयमा कुनै आत्मीय व्यक्तिले समयमै सहयोग नगरेमा तपाईंले अर्को व्यक्तिमा आँखामूनि विश्वास नगर्नु लाभदायी हुनेछ। उच्च अधिकारी वा वरिष्ठ व्यक्तिहरूसँग नम्रता र संयमपूर्वक व्यवहार गर्नुहोस् र अरूको कुरा बढी तूलमा नल्याउनुहोस्। कार्यक्षेत्रमा झगडा वा विवादबाट टाढा रहनुहोस्, अन्यथा यसले तपाईंको छवि कमजोर बनाउन सक्छ।

छात्र वर्गका लागि परीक्षा–प्रतियोगितामा मनचाहेको परिणाम प्राप्त गर्न कठोर मेहनत गर्नु आवश्यक हुनेछ र खराब संगतबाट टाढा रहनु उपयुक्त हुनेछ। प्रेम सम्बन्धमा मर्यादा र सीमाको ख्याल गर्नुहोस्, अन्यथा सामाजिक प्रतिष्ठामा असर पर्न सक्छ।

सामान्य रूपमा धनु राशीका जातकहरूको यो हप्ता मिश्रित रहनेछ। कार्यस्थलमा मेहनत गर्दा पनि परिणाम सन्तोषजनक नहुन सक्छ। वित्तीय पक्षमा नियन्त्रण राख्नुहोस् र अनावश्यक खर्च टाल्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ, तर साना–साना रोगप्रतिको सतर्कता आवश्यक छ। प्रेम र पारिवारिक जीवनमा विवाद वा मतभेदको संभावना रहन्छ, त्यसैले संयम, समझदारी र संवाद आवश्यक हुनेछ। यात्रा लाभदायी रहन सक्छ। शिक्षा र ज्ञानार्जनमा समय लगानी गर्नुहोस्।

उपाय- हरेक दिन श्री विष्णु सहस्रनामको पाठ गर्नु लाभकारी हुनेछ।

मकर राशि

यो सप्ताह मिश्रित फलदायी रहनेछ । हप्ताको सुरुवातमा तपाईंलाई करियर वा कारोबार सम्बन्धी लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। प्रारम्भिक यात्रा अपेक्षाभन्दा कम फलदायी र थकानपूर्ण रहन सक्नेछ।

यो सप्ताह परीक्षा–प्रतियोगिता तयारीमा जुटेका विद्यार्थीहरूका लागि अलिकति चुनौतीपूर्ण रहन सक्छ। यस समयमा ध्यान एकाग्रता र मानसिक स्थिरतामा कमी हुन सक्छ। नयाँ काम सुरु गर्ने योजना बनाइरहनु भएको छ भने उचित समयको प्रतीक्षा गर्नु लाभदायी हुनेछ।

व्यवसायमा संलग्न जातकहरूले हप्ताको मध्यमा प्रतिस्पर्धीहरूसँग कडा मुकाबला गर्नुपर्ने हुन सक्छ। नौकरीपेशा जातकहरूले सहकर्मीहरूसँग व्यवहारमा सतर्कता अपनाउनु पर्छ। कार्यक्षेत्रमा आफ्नो गोप्य जानकारी अरूसँग साझा नगर्नुहोस्, अन्यथा विरोधीले त्यसको अनुचित लाभ उठाउन सक्छ।

तर, मकर राशीका जातकहरूको लागि यो सप्ताह सफलता र नयाँ योजनाहरूको संकेत पनि दिन्छ। कार्यस्थलमा मेहनत र योगदानको सराहना हुनेछ। वित्तीय अवस्था बलियो रहनेछ र ठूलो निवेशको योजना बनाउन सकिने समय छ। स्वास्थ्य सामान्य रहनेछ, तर नियमित व्यायाम र सन्तुलित आहार आवश्यक छ। पारिवारिक जीवनमा सहयोग र सन्तुलन कायम रहनेछ। प्रेम जीवनमा मधुरता र समझदारी बढ्नेछ। यात्रा लाभदायी रहनेछ।यो हप्तामा स्वास्थ्य र सम्बन्ध दुवैमा विशेष ध्यान आवश्यक छ। पुरानो स्वास्थ्य समस्या पुनः देखापर्न सक्छ। जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ।

उपाय- हरेक दिन भगवान शिवको पूजा गरी रुद्राष्टकंको पाठ गर्नु लाभदायी हुनेछ।

कुम्भ राशि

यो सप्ताह अलिकति उतार-चढावयुक्त रहनसक्छ । हप्ताको सुरुवात आर्थिक दृष्टिले अनुकूल नहुन सक्छ। यस समयमा तपाईंमाथि अचानक केही ठूलो खर्च आउन सक्नेछ। धनको सदुपयोग गर्नुहोस् र जोखिमयुक्त योजनामा निवेश नगर्नुहोस्, अन्यथा आर्थिक समस्या उत्पन्न हुन सक्छ।

हप्ताको सुरुवातमा तपाईंलाई अचानक लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। यात्रा थकानपूर्ण र चुनौतीपूर्ण रहनाले मन खिन्न हुन सक्छ। सप्ताहको पूर्वार्धमा धन हानिको संभावना भए पनि उत्तरार्धमा तपाईंको कारोबार पुनः बाटोमा फर्कने देखिन्छ। यस समयमा व्यवसायमा राम्रो लाभको योग रहन्छ, तर खर्च आयको तुलनामा बढी हुन सक्नेछ ।

हप्ताभर कुनै पनि कार्यमा जल्दबाजी नगर्नु लाभदायी हुन्छ। भूमि-भवनको क्रय–विक्रयको योजना भएमा सोच-विचार गरेर निर्णय लिनुहोस्। ठूलो निर्णय गर्दा शुभचिन्तकको सल्लाह लिन नबिर्सनुहोस्। हप्ताको उत्तरार्धमा घर-परिवारका वरिष्ठ सदस्यको स्वास्थ्यलाई लिएर मन चिन्तित रहन सक्छ।यस सप्ताह तपाईंको मनोबल र आत्मविश्वास वृद्धि हुनेछ। कार्यस्थलमा नयाँ अवसर प्राप्त हुनेछ र प्रयास सफल रहन सम्भावना छ। वित्तीय स्थिति संतोषजनक रहनेछ।

स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, विशेषगरी मानसिक तनावबाट बच्नुहोस्। पारिवारिक र सामाजिक जीवनमा सहयोग र समझ कायम रहनु हुनेछ। प्रेम जीवनमा मधुरता र रोमांचको अनुभव हुनेछ। शिक्षा र नयाँ सीप सिक्न अनुकूल समय छ।

उपाय- हरेक दिन हनुमान जीको पूजा गरी श्री सुंदरकांडको पाठ गर्नु लाभदायी हुनेछ।

मीन राशि

यो सप्ताह मिश्रित फलदायी रहनेछ । यो सप्ताह नौकरीपेशा व्यक्तिहरूका लागि धेरै भागदौड र कठिन परिश्रमले भरिएको रहनेछ। हप्ताको सुरुवातमा तपाईंले कार्यक्षेत्रमा दिइएका लक्ष्यहरू पूरा गर्न बढी मेहनत गर्नुपर्ने हुनसक्छ । समय विपरीत रहँदा लक्ष्य हासिल गर्न केही कठिनाइ आउन सक्छ, तर यदि तपाईं समय र आफ्नै ऊर्जा व्यवस्थापन गरी अघि बढ्नुभयो भने परिस्थिती तपाईंको पक्षमा हुनेछ।

यो सप्ताह अलिकति खर्चिलो रहनेछ। हप्ताको सुरुवातमा तपाईंले कुनै आवश्यक वस्तुमा ठूलो धनराशि खर्च गर्नुपर्ने हुन सक्छ। यस क्रममा तपाईंको आर्थिक स्थिति मजबुत राख्न व्ययमा नियन्त्रण आवश्यक हुनेछ। आय र व्ययलाई सन्तुलित राख्न परिश्रम र विवेकपूर्ण खर्च आवश्यक छ।

सप्ताहको उत्तरार्धमा कारोबारमा आएको सुस्तता र चुनौतीका कारण बजारमा आफ्नो साख बचाउन बढी मेहनत र प्रयास गर्नुपर्ने हुन सक्छ । स्वास्थ्य र सम्बन्धका दृष्टिले पनि यो समय केही प्रतिकूल रहनेछ। हड्डी सम्बन्धी समस्या देखा पर्न सक्छ। प्रेम जीवनलाई प्रगाढ राख्न आफ्नो पार्टनरको भावनाको कदर गर्नुहोस् र उसमा हावी हुनबाट बच्नुहोस्।

मीन राशीका जातकहरूको लागि यो सप्ताह सामान्य रहनेछ। कार्यक्षेत्रमा सतर्कता र मेहनत आवश्यक छ। वित्तीय पक्षमा सावधानी अपनाउनुहोस् र अनावश्यक खर्च नगर्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक थकानबाट बच्न ध्यान दिनुहोस्। पारिवारिक जीवनमा सहयोग र संवाद कायम राख्नुहोस्। प्रेम जीवनमा मधुरता रहनेछ, तर भावनामा सन्तुलन आवश्यक छ। यात्रा लाभकारी रहन सक्छ।

उपाय- हरेक दिन भगवान गणेशजीको पूजा गरी गणपति अथर्वशीर्षको पाठ गर्नु लाभदायी हुनेछ।

Logo