खोटाङ। बाँदरको आतंक नियन्त्रणको माग गर्दै खोटाङका किसानले दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् ।
सोमबार निकालिएको र्यालीमा किसानहरू हलो, जुवा, दाँते र कोदालो बोकेर सडकमा उत्रिएका हुन् । उनीहरूले बाँदरले बाली नष्ट गर्दै आएको भन्दै तत्काल प्रभावकारी नियन्त्रणको माग गरेका छन् ।
किसानहरूले वर्षौंदेखि समस्या दोहोरिँदा पनि समाधान नआएको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले बाली जोगाउन ठोस नीति र दीर्घकालीन समाधान आवश्यक रहेको मागसमेत गरेका छन् ।





























प्रतिक्रिया