‘सम्धी ग्रुप’को नाममा अराजक गतिविधि गर्ने १० जना पक्राउ

‘सम्धी ग्रुप’को नाममा अराजक गतिविधि गर्ने १० जना पक्राउ

केन्द्रबिन्दु
18
Shares

ललितपुर। ललितपुरको चापागाउँ क्षेत्रमा ‘सम्धी ग्रुप’ र ‘झ्यालुङ्टार ग्रुप’ नाममा अराजक गतिविधि गर्दै आएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरू रेस्टुरेन्टमा रकम नतिर्ने, प्राकृतिक स्रोत तथा गिटी–बालुवासम्बन्धी काममा दबाब र अवैध असुली गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ।

त्यस्तै, प्रहरीको नियमित काममा समेत अवरोध सिर्जना गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक नगरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo