स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् । उनीहरूबाट ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बुधबार राति शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

Logo