कुवेत ।
सन् २०१७ मा कुवेतमा ज्यान गुमाएका नेपाली नागरिकहरुका आफन्तहरुलाई नेपाली राजदूतावास कुवेतले क्षतिपूपर्ति दिएको छ ।
दुतावासका अनुसार कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।
सन् २०१७ मा १५ जनाको क्षतिपूर्तिवापतको १,५७,७८६।८५० केवती दिनार अर्थात पाँच करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ ९१ पैसा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उक्त रकम सम्बन्धित कामदारहरुको कानुनी हकदारहरुले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालयमा पठाइएको दूतावासले जनाएको छ ।
साथै यसको अतिरिक्त अन्य १६ जना मृतक कामदारहरुको नाममा प्राप्त भएको २०० कुवेती दिनार भन्दा कम रकम कुल २४०१ कुवेती दिनार समेत नेपाल पठाइएको रकममा समावेश गरिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयमा पठाइएको रकमको बिबरण
१. विष्णु बहादुर मर्साङ्गी,पाल्पा – ३९,३४५।०० कुवेती दिनार
२. भुपाल ओली, दाङ – २६,२९६।०० कुवेती दिनार
३. भुमी प्रसाद रार्इ, खोटाङ – २५,३००।०० कुवेती दिनार
४. मन कुमारी थापा, रूपन्देही – १८,४२३।०० कुवेती दिनार
५. झक बहादुर छन्त्याल, बाग्लुङ – १३,२६७।०० कुवेती दिनार
६. सकिल मन्सुरी एम डी, सिराह – ८,३७०।०० कुवेती दिनार
७. राजेन्द्र काफ्ले, झापा, – ८,२२४।०० कुवेती दिनार
८. अर्जुन प्रसाद भेटवाल, झापा – ८,१९३।०० कुवेती दिनार
९. जित बहादुर कटुवाल, तेह्रथुम – ४,००९।०० कुवेती दिनार
१०. नौसादा सेख, महोत्तरी, – ९४७।३५० कुवेती दिनार
११. महेन्द्र यादव, धनुषा – ९२६।०० कुवेती दिनार
१२. सञ्जिव थापा मगर, बाँके – ६६१।५०० कुवेती दिनार
१३. हिरा सुनार, सुर्खेत – ६४२।०० कुवेती दिनार
१४. अनु तामाङ, झापा – ५८२।०० कुवेती दिनार
१५. दिपा तामाङ गोले, सिन्धुपाल्चोक – २००।०० कुवेती दिनार





























प्रतिक्रिया