नेपालद्वारा भानुआटुसामु १३३ रनको लक्ष्य प्रस्तुत, सम्झनाको अर्धशतक

नेपालद्वारा भानुआटुसामु १३३ रनको लक्ष्य प्रस्तुत, सम्झनाको अर्धशतक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ‘२०२६ आईसीसी महिला टि-२०आई च्यालेन्ज ट्रफी’ अन्तर्गतको खेलमा नेपालले भानुआटु विरुद्ध सम्हालिएको ब्याटिङ गर्दै १३२ रनको योगफल तयार पारेको छ।

रुवान्डाको किगालीस्थित रुवान्डा क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३२ रन बनाएको हो।

नेपालका लागि ओपनर सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै टोलीको इनिङ्सलाई मजबुत बनाइन्। उनले ५१ बलमा ९ चौका प्रहार गर्दै ५२ रन जोडिन्। यस्तै, मध्यक्रममा आएकी कप्तान इन्दु बर्माले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याइन्। इन्दुले मात्र १८ बलमा ७ चौकाको मद्दतले अविजित ४३ रन बनाइन् ।

अन्य ब्याटरहरूमा पूजा महतोले २० बलमा १९ रनको योगदान दिइन् भने बिन्दु रावल ७ रन बनाउँदा ‘रिटायर्ड हर्ट’ भई मैदान बाहिरिएकी थिइन्। रुवी पोदार १ रनमा आउट भइन् भने कविता कुँवर ६ रनमा अविजित रहिन्।

भानुआटुका लागि बलिङतर्फ राचेल एन्ड्रयु, नाथाली काकोर र नासिमाना नभाइकाले समान १-१ विकेट लिए।

Logo