काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आफूले पटक–पटक रचनात्मक सुझाव दिए पनि त्यसको बेवास्ता गरिएको उनको आरोप छ।
अध्यक्ष साम्पाङले आफूले साथीको नाताले र प्रधानमन्त्रीको पदलाई सम्मान गर्दै पटक–पटक सम्झाएको बताएका छन् । विशेषगरी सुकुम्बासी र सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति लक्षित गर्दै उनले ‘विस्थापन होइन, व्यवस्थापन’को नीति लिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले भनेका छन्, ‘बालेन जीलाई मैले साथीको नाताले सम्झाएँ ! प्रधानमन्त्रीको नाताले सम्मान गरेर सम्झाएँ ! मानेन ! पहिलो सदनको वैठकबाट नै सम्झाएँ “विस्थापन जोइन व्यवस्थापन”को नीति लिनु भनी ! गरीबको आँशु लाग्यो !’





























प्रतिक्रिया