काठमाडौं । शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयर फोर्स स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ। सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ कार्गो विमान दुर्घटना भएको हो।
अवतरणका क्रममा दुर्घटना भई विमानमा आगो लागेको थियो। भारतीय वायुसेनाले आपतकालीन टोली परिचालन गरेर उद्धार कार्य अघि बढाएको छ। चालक दलको अवस्था र मानवीय क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ।





























प्रतिक्रिया