काठमाडौं । नयाँ बानेश्वरस्थित द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया’ अवार्डबाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय परामर्श, सही शैक्षिक मार्गदर्शन तथा भिसा प्रक्रियामा प्रभावकारी सहजीकरण गर्दै आएको योगदानको कदरस्वरूप द नेक्स्टलाई उक्त सम्मान प्रदान गरिएको हो।
विगत केही वर्षदेखि अष्ट्रेलियन शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यार्थीलाई उपयुक्त विश्वविद्यालय तथा कलेज छनोट, करिअर परामर्श र अध्ययन गन्तव्यबारे आवश्यक जानकारी उपलब्ध गराउँदै आएको कन्सल्टेन्सीले आफूलाई विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ।
कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।





























प्रतिक्रिया