अर्बिट इन्टरनेसनल एजुकेसनलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी -यूएसए अवार्ड’

अर्बिट इन्टरनेसनल एजुकेसनलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी -यूएसए अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डिल्लीबजारस्थित अर्बिट इन्टरनेसनल एजुकेसन ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–यूएसए’ अवार्डबाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो।

संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, छात्रवृत्ति सम्बन्धी मार्गदर्शन तथा भिसा सहजीकरण सेवा प्रदान गर्दै आएको योगदानको कदरस्वरूप अर्बिट इन्टरनेसनल एजुकेसनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

विद्यार्थीको शैक्षिक लक्ष्य र करिअर योजनालाई केन्द्रमा राखेर परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीलाई सही सूचना, विश्वसनीय सेवा र व्यावसायिक मार्गदर्शन उपलब्ध गराउँदै आएको छ। यही कारण संस्था विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो शैक्षिक परामर्शदाताका रूपमा स्थापित हुन सफल भएको बताइएको छ।

कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Logo