इनलाइटन इन्टरनेसनल एजुकेसनलाई ‘ट्रस्टेड मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

इनलाइटन इन्टरनेसनल एजुकेसनलाई ‘ट्रस्टेड मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बागबजारस्थित इनलाइटन इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ‘ट्रस्टेड मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई विश्वसनीय शैक्षिक परामर्श, उपयुक्त शैक्षिक संस्था छनोट, आवेदन प्रक्रिया तथा भिसा सहजीकरण सेवा प्रदान गर्दै आएको योगदानको कदरस्वरूप इनलाइटनलाई उक्त सम्मान प्रदान गरिएको हो।

विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो परामर्श सेवाका लागि परिचित संस्थाले अध्ययन गन्तव्य छनोटदेखि विदेश प्रस्थानसम्मका विभिन्न चरणमा व्यावसायिक सहयोग प्रदान गर्दै आएको छ। गुणस्तरीय सेवा, पारदर्शिता र विद्यार्थीकेन्द्रित कार्यशैलीका कारण संस्था अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा एक भरोसायोग्य नामका रूपमा स्थापित भएको बताइएको छ।

कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Logo