डालास । इर्लिङ हालान्डले अन्तिम समयमा निर्णायक गोल गरेपछि नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नर्वेले मंगलबार अमेरिकाको डालासमा आइभोरी कोस्टलाई २–१ गोलले पराजित गर्यो ।
यी दुई टोली विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणमा खेलिरहेका थिए । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको समयमा हालान्डले निर्णायक गोल गरेका थिए । नर्वेले अब क्वाटरफाइनलमा स्थान पाउन आइतबार ब्राजिलसँग खेल्ने छ ।
एन्टोनिओ नुसाले व्यक्तिगत स्किल देखाउँदै उत्कृष्ट गोल गरी नर्वेलाई ३९ औं मिनेटमा अग्रता दिलाएका थिए । आइभोरी कोस्टले पनि अर्को उत्कृष्ट गोल गरी खेल १–१ को बराबरीमा ल्याएको थियो । अमाद डिएलोले ७४ औं मिनेटमा व्यक्तिगत उत्कृष्ट प्रयासमा गोल गरी आइभोरी कोस्टलाई बराबरीमा ल्याएका थिए ।
हालान्डले ८६ औं मिनेटमा प्याट्रिक बर्गको सानदार पासमा ६ यार्ड भित्रबाट सजिलै गोल गरेका थिए । यस विश्वकपमा यो उनको पाँचौं गोल हो । उनी सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेसीभन्दा १ गोलले पछाडि छन् ।
समूह चरणको पहिलो २ खेलमा २–२ गोल गरेका हालान्डलाई अन्तिम खेलमा बेन्चमै राखिएको थियो । साथै हालान्डले नर्वेबाट लगातार १३ औं खेलमा गोल गरेका हुन् ।
































प्रतिक्रिया