विश्वकप २०२६ : सानदार जितसँगै फ्रान्स अन्तिम १६ मा

विश्वकप २०२६ : सानदार जितसँगै फ्रान्स अन्तिम १६ मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । फ्रान्सले विश्वकप २०२६ मा बुधबार स्विडेनमाथि ३–० को सानदार जित रचेको छ र प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गरेको छ ।

न्युयोर्कको न्युजर्सी स्टेडियममा प्राप्त यस जितसँगै फ्रान्सले आफू यस विश्वकपमा उपाधिको बलियो प्रत्यासी रहेको पनि प्रमाणित गरेको छ ।

केयलिन एमबापे फेरि एकपल्ट फ्रान्सको जितको नायक रहे र उनले दुई गोल गरे । उनले ४३ औं मिनेटमा गोलको खाता खोलेपछि ७६ औं मिनेटमा अर्को गोल थपे । यसबीच ब्राडली बारकोलाले ५३ औं मिनेटमा फ्रान्सका लागि दोस्रो गोल गरे ।

यस विश्वकपमा एमबापेले गरेको गोल संख्या ६ पुगेको छ र उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका लियोनल मेसीसँग शीर्ष स्थानमा छन् । अब क्वाटरफाइनल प्रवेशका लागि फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

Logo