प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गरेको छ। बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ।

‘न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको छ, उनलाई महाभियोगको प्रस्ताव अघि बढाउनु स्वागतयोग्य कदम हो,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

बारले राणालाई बहिर्गमन गर्नुको  कारणसहित दलहरूलाई १७ बुँदे आधार दिएको थियो। बारले राणाविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण दलहरूलाई दिएको र सोही आधारमा यो प्रस्ताव अघि बढेको उनको दाबी छ। सदनबाट उक्त प्रस्ताव पास गराएर न्यायपालिका सुधारका लागि सहयोग गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई श्रेष्ठले आग्रह पनि गरेका छन्।

राणाको बहिर्गमनको माग गर्दै बार १०७ दिनदेखि आन्दोलनमा छ।  जबराको बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ। प्रधानन्यायधीश राणाविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । 

Skip This
Skip This
Logo