नेकपा विवाद : यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प (भिडियोसहित)

नेकपा विवाद : यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प (भिडियोसहित)


काठमाडौं ।
नेकपाको विवाद करिब फुटको दिशामा अघि बढेपछि गत शनिबारबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सघन वार्ता चलिरहेको छ ।

प्रारम्भमा २/२ जना सहयोगी राखेर सुरु भएको छलफल पछि ‘वान टु वान’ मा बदलिएको छ । सहयोगी विनै छलफल गरिरहेका उनीबीच विवाद नचर्काउने भन्ने समझदारीमा त पुगेको छ तर विवादको मुल चुरोेमा भने कुनै ठोस प्रगति हुन सकेको छैन । ठोस प्रगति हुन नसक्दा पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बुधबार पनि रोकिएको छ ।

तीन दिन यता लगातार दुई घण्टाभन्दा बढी छलफल गर्दै आएका ओली र दाहालबीच कुराकानी चाँही के विषयमा भइरहेको छ ? कस्ता कस्ता मोडलमा उनीहरु समझदारी निर्माणको पहल भइरहेको छ ? यी विषय औपचारिक रुपमा बाहिर त आएका छैनन् । तर उनीहरु निकट नेताहरुकाअनुसार सहमति खोज्नका लागि केही विकल्पहरुमा कुराकानी भइरहेको छ । जुन विकल्पमा एकले अर्कालाई गलाउने रणनीतिक ओली र दाहाल दुबै पक्षले लिएका छन् । कस्ता छन् त छलफलमा उठिरहेका विकल्पहरु ? भिडियो :

Logo