काठमाडौँ । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवर्द्धनमा सरोकारवालाहरूले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरूले बताएका छन् । काठमाडौको ठमेलमा रहेको छायाँ सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरूले चियाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले विदेशिनु नपर्ने बताएका हुन् । टी स्टेसन इन्कका अध्यक्ष एवं चिया उद्यमी प्रज्वल…