काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ । लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै…