हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।निर्वाचनको मिति नजिकिँदै जाँदा आइतबार मकवानपुरका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई मतपेटिका सहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गर्न लागिएको छ ।मकवानपुरका दुई वटा निर्वाचन अधिकृतको कार्यालयले मतदानको दिन प्रयोग हुने सम्पूर्ण सामाग्री सम्बन्धित मतदान अधिकृत र सहायक अधिकृतलाई जिम्मा लगाउने…