पर्वत। प्रतिनिधि सभा उम्मेदवार मनहरी तिमिल्सिनाले भूगोलले साथ दिएपनि फलेवास क्षेत्र विकासमा पछाडि परेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी फलेवास ६ देविस्थानले आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै तिमिल्सिनाले प्राकृतिक र भौगोलिक रुपमा सम्पन्न फलेवासमा सम्भावनानै सम्भावना भएपनि विकास र समृद्धिमा पछाडि पर्नु दुखद भएको बताए। उनले भने, “यहाँको भूगोल स्मार्ट सिटीको रुपमा विकास…