काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन ।…