राँझा। बाँकेमा सञ्चालित प्लास्टिकजन्य उद्योगहरू कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्वमा देखिएको तनाव र अन्तरराष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ समयमा उपलब्ध हुन नसकेको उद्योगीहरूले बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूका अनुसार प्लास्टिक दाना लगायतका मुख्य कच्चा पदार्थको आयात प्रभावित भएपछि उत्पादनमा गिरावट आएको…