काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन् । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए ।…