सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा बिहीबार मध्यरात भएको डकैतीको घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ । डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा लुटपाट गर्नुका साथै उनको निर्मम हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, बिहीबार राति करिब १ बजे अपरिचित हतियारधारी समूहले चौधरीको घरमा प्रवेश गरेको थियो ।…