काठमाडौं । हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि कुवेतले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारि २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन जोडेको हो । कुवेतका लागि ओपनर रविजा सन्दारुवानले ३६ बलमा ६ चौका र…