काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक थप कागजात, बिल वा रसीद माग्ने भ्रम चिर्दै कडा स्पष्टिकरण जारी गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचनामार्फत् “श्रम स्वीकृति र राहदानी मात्र पर्याप्त छ, अरू केही चाहिँदैन” भनेको छ । विभागले वैदेशिक रोजगार विभागको चैत २३ गतेको सूचनापछि उत्पन्न भएको अन्योल…