काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीकी उपसभामुख उम्मेदवार सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रतिनिधिसभा सदस्य साम्पाङले भने, ‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी पनि भनेर यहाँनेर सम्बोधन गरेको देखेँ । त्यो शब्दलाई खारेज गरियोस् । यहाँ कोही कसैका…