काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी एसियन गेम्स महिला क्रिकेट क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई जितका लागि १२७ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनको योगफल तयार पार्यो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान दिइन्। उनले ४१…