काठमाडौँ । नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीमगरले राजनीतिक क्षेत्रमा महिलाहरूलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् । ‘महिला हिंसाविरुद्ध म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भए पनि महिलाहरूले निरन्तर लडाइँ गरेर हार मान्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाहरूको उपस्थिति छ भनेर हरेक पुरुष…