काठमाडौँ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिबारे नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टीलाई स्पष्टीकरण दिएका छन् । आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । चौधरीको स्पष्टीकरण उद्धृत् गर्दै पार्टी कार्यालयका सचिव रामकुमार भट्टराईले भने, ‘त्रुटि भएको भए क्षम चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु…